अनिश्चयको बन्दी बनेको नेपालको संक्रमणकालीन न्याय
अनिश्चयको बन्दी बनेको नेपालको संक्रमणकालीन न्याय - कुशल गैरे संक्रमणकालीन न्यायको सैद्धान्तिक पृष्ठभूमि र अवधारणागत विकासबारे पूर्व लेखहरूमा पर्याप्त चर्चा भइसकेको छ । यस लेखको मुख्य केन्द्रबिन्दु नेपालमा संक्रमणकालिन न्यायको निरुपणका क्रममा देखिएका ‘Half-hearted’ प्रयासहरू र त्यसबाट उत्पन्न आन्तरिक अन्तरविरोधहरु हुन् । द्वन्दपछिको समाजमा द्वन्दका परिणामहरूलाई यदि न्यायोचित र विश्वसनीय रूपमा संस्थागत गर्न सकिएन भने , त्यस्तो असफलताले पुनः द्वन्दको बीउ रोप्ने जोखिम रहन्छ । [1] यस्तो अवस्थामा राज्य र जनता बीच द्वन्द स्थायी रूपमा कायम रहन्छ , जहाँ राज्य स्वयं पीडकको रूपमा स्मरण गरिन्छ । Institutional memory संक्रमणकालीन न्यायको महत्वपूर्ण अंग भएतापनि , राज्यलाई निरन्तर “ पीडक ” का रूपमा स्मरण गर्ने किसिमको स्मृतिको संस्थाकरणले अविश्वास र दण्डहीनताको पुनरुत्पादन गर्ने खतरा बोकेको हुन्छ । संक्रमणकालीन न्यायको निरुपणका लागि ...