Posts

Showing posts from November, 2023

आम माफी अनि " Suo Moto "

Image
एउटा यस्तो प्रावधान जसको प्रयोगले सिङ्गो व्यवस्था माथि प्रश्न उठिरहेको छ : आम माफी । अवधारणात्मक रूपमा सही भएपनि कुनै पनि संवैधानिक प्रावधान मा जब " bad faith " जोडीइन्छ तब त्यो " Fraud " हुन्छ जसको प्रयोग कुनै सन्निहित स्वार्थ का लागि  भएको हुन्छ । अहिलेको व्यवस्था दलीय व्यवस्था हो, सिफारिस दलीय पद्धति र प्रक्रिया अनुसार नै हुन्छ । यस सँगै आउने शक्ति सन्तुलन को बनोट पनि त्यही किसिम ले शसक्त हुनुपर्ने हुन्छ । आम माफी दिइने कुरामा अदालतले न्यायिक सक्रियता देखाउन का लागि " Suo moto " अधिकार प्रयोग गरेर नजिर स्थापना गर्नुपर्छ । " Suo moto" अर्थात् कुनै औपचारिक निवेदन वा उजुरी बिना अदालतले स्वयं को जानकारी बाट  कुनै पनि मुद्दा प्रारंभ गर्ने अधिकार हो जसमा " सार्वजनिक हित" को प्रश्न समावेश भएको हुन्छ । Suo moto बारे संविधान मा Textual absense नै भएको अवस्था भने होइन । नेपाल को संविधान धारा २४९ ( २) मा राष्ट्रिय मानव अधिकार आयोग लाई आफैं कुनै स्रोत बाट आयोगलाई जानकारी प्राप्त भएको वा आयोग को जानकारीको विषयमा छानविन वा अनुसन्धान गर्ने अधिक...