विरोधाभास हरू
~ विरोधाभास हरु ~ शसस्त्र द्वन्द को अन्तरालमा बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धमा नेपाली परिपाटी " घुमी फिरी रुमझाटार" स्थितिमा छ । २०६३ साल को संविधान मस्यौदा गर्ने बेलामा " युद्द अपराध, आम संहार, र द्वन्दकालिन समयका मानव अधिकार उल्लंघनका अपराध मा भुतलक्षी कानून ( Retroactive Law ) बनाउन सकिने प्रतिबन्धात्मक वाक्यांशको सिफारिस भएको थियो । यसलाई मूल प्रावधानमा राखिएन । त्यसको सट्टा " नीति निर्देशक सिद्धान्त ( Directive Principles and State Policy ) मा " शसस्त्र द्वन्दमा बेपत्ता पारिएको हरुको खोजतलास गर्ने " भनेर राखियो र यहि भाग को धारा ३६ (१) मा नीति निर्देशक सिद्धान्त मा अदालतमा प्रश्न उठाउन नसकिने भनियो । यो स्वतः निष्प्रभावी एबम् विरोधाभास थियो । बृहत शान्ति सम्झौता ( Comprehensive Peace Accord ) को ५.२.५ मा द्वन्दका क्रममा मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्न हरुको सत्य अन्वेषण गर्न र समाजमा मेलमिलाप का वातावरण सृजना गर्ने आपसी सहमति एबम् उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोग गठन मा सहमति गरिएको थियो । प...