आवश्यकता ?
- Kushal Gaire १. नेपालको संविधानले संकटको कल्पना नगरेको होइन । वास्तवमा संविधान आफैले कुनै एउटा यस्तो निर्विकल्प अवस्थामा Forseability of Breach गरेको हुन्छ भन्ने idea ले नै आवश्यकताको सिद्धान्तको (Doctrine of necessity) जन्म भएको हुनुपर्छ । २. आवश्यकतालाई संवैधानिक कानुनको आलोकमा दुई भागमा विभाजन गर्नु उचित हुन्छ : (क) भौगोलिक, वर्गीय, जातीय, धार्मिक आवश्यकता (ख) राष्ट्रिय आवश्यकता ( कुनै भेग वा भाग नभई समग्र देशको भन्ने अर्थमा) (क) कुनै निश्चित भूगोल, वा कुनै निश्चित वर्ग, जात वा धर्म सँग सीमित भएमा त्यो आवश्यकता निश्चित समूह वा वर्गको मात्रै आवश्यकता हो भन्ने बुझिन्छ । उदाहरण : कुनै समय "एक मधेश, एक देश" आन्दोलन चर्किएको थियो । यस्तो आवश्यकतालाई अन्तराष्ट्रिय कानुनको साहित्यले "Self Determination" को अधिकार भनेर भन्ने गर्दछ । नेपालकै संविधानको भाग ४, धारा ५० हेर्ने हो भने त्यहाँ नेपालको संघीयताको स्वरुप परस्परमा आधारित संघीयता ( Co-operative Federalism) भनिएको छ । संविधानसभाको इतिहास ऊपर सिंहावलोकन गर्ने हो भन...