प्रश्न हदम्यादको

 ~ प्रश्न हदम्यादको ~




कुनै पनि अभियुक्त एबम् आरोपित व्यक्ति लाई जीवनकाल सम्म मुद्दाको खतरा हुने गरी कानुन निर्माण गर्न सकिने केही अपवाद सहित का शर्त हरु छन् । यसमा कसुरका मात्रा, जघन्यता , क्रूरता, लगायतका विभिन्न आधार हरु लिइएको पाइन्छ । उदाहरण : युद्ध अपराध, मानवता विरुद्धका अपराध, निश्चित भ्रष्टाचार का मुद्दामा  ।

सामाजिक सञ्जाल को "जल्दोबल्दो" विषय भ्रष्टाचार मुद्दामा हदम्यादको विषय हो । भ्रष्टाचार निवारण ऐन मा कसुर र सजाय को वर्गीकरण गर्दा " कसुरको मात्रा " भनेर उल्लेख गरिनु भनेको सबै कसुर लाई एउटै दर्जामा राख्न नहुने / नमिल्ने भन्ने नै हो । त्यसकारण ले नै हदम्याद को पनि तदनुरूप वर्गीकरण हनुपर्छ । जहाँ सम्म ५ बर्ष को हदम्यादको व्यवस्था गरिएको छ, विधायिकी मनसाय त्यही कसुरको मात्रामा कम गम्भीर मानिएका कसुर हरु को सन्दर्भमा आकर्षित हुने प्रबन्ध हो र " सार्वजनिक सम्पति को दोहन " लाई उक्त विद्येयक को दफा ४५ मा जघन्य मानिएको हुनाले नै त्यसमा कुनै हदम्यादको व्यवस्था गरिएको छैन भन्ने बुझ्नुपर्छ । यसलाई  मूलतः दुई कोटिमा बाँडिएको छ (क) Absolute Limitation Period ( कठोरता - ५ वर्ष ), (ख) Flexible Limitation period  ( लचकता - जहिले सुकै )  

५ वर्ष को अपर्याप्तता

पहिलो कुरो भ्रष्टाचार मुद्दामा कुन कसुर गम्भीर हो र कुन कसुर गम्भीर होइन अर्थात् मुद्दामा गाम्भीर्यता बढाउने तत्व के हुन भन्ने निश्चित एबम् पूर्वनिर्धारित स्पष्टता आवश्यक पर्छ । यसले नै कुन मुद्दामा हदम्याद आकर्षित हुने वा नहुने भन्ने कुरो निर्धारित गर्छ । फेरिपनि विश्वका केही अभ्यास हेर्ने हो भने : 

(क) हंगेरी र इटाली  - यी देश हरुमा हदम्यादको समय सीमा, सजायको अनुपात अनुसार को हुने प्रावधान छ । अर्थात् सजाय ५ वर्ष को वा १० वर्ष को छ भने हदम्याद समय सीमा पनि ५ वा १० वर्ष कै । 

(ख) रोमानिया - रोमानियामा हदम्यादको लागि एउटा समय तोकिएको हुने ( जस्तै ५ वर्ष ) र त्यही ५ वर्षमा तोकिएको सजाय लाई समयको अनुपातमा जोड्ने ( उदाहरण ५ वर्ष + ७ वर्ष सजाय छ भने ( हदम्याद - १२ वर्ष ) 

(ग) सम्पति शुद्धिकरण मा स्वीडेन मा २ वर्ष, फ्रांस मा ३ वर्ष, नेदरल्याण्ड मा १२ वर्ष, ग्रिसमा १५ वर्ष ।  सार्वजनिक दायित्व को दुरुपयोग मा इटालीमा ६ वर्ष, बुल्जेरियामा १० वर्ष, पोर्तुगल मा १५ वर्ष, जापानमा ५ देखि ७ वर्ष ......

यी दृष्टान्त दिनु को अर्थ के मात्रै हो भने भ्रष्टाचार भित्रका पनि वर्गीकरण हरु मा कसुरको मात्रा फरक पर्ने भएकाले सबैलाई समान रूपमा सजाय गरिँदैन र सबैमा समान रूपमा हदम्याद पनि राखिएको पाइँदैन । एकरूपता कै लागि  हदम्याद ५ वर्ष राखिएको भएपनि यसको अन्योलता लाई पनि निर्णय गर्नुपर्छ । कस्तो मुद्दामा हदम्याद आकर्षित हुने / नहुने भन्ने विषयमा ऐनमा भएका अपर्याप्तता बारे सम्बोधन गरिनुपर्छ । "थाहा पाएको मितिले" ५ वर्ष भित्र अनुसन्धान गर्ने / अभियोजन गर्ने / निर्णय गर्ने / निर्णय कार्यान्यवन गर्ने सबै पर्ने हो वा होइन ? होइन भने त्यसको समय सीमा के हुने सम्म मा पनि मिहिन रूपमा स्पष्टता आवस्यक पर्छ । विश्व कै अभ्यास हेर्ने हो भने पनि अनुसन्धान का लागि हदम्याद, अभियोजन का लागि हदम्याद , कार्यान्यवन ( Execution of sentence ) का लागि हदम्याद भनेर छुट्याइएको पाइन्छ । " ५ " बर्से हदम्याद ले सबै भ्रष्टाचार का मुद्दा लाई समेट्ने हो भने विश्वको अभ्यास हेर्दा यो अपर्याप्त हुन्छ ।  यद्यपि "Trivial (सानातिना)  offense" कस्तो हो भन्ने स्पष्टता भएमा सानातिना मुद्दा का लागि अभियुक्त सदा त्रसित हुनुपर्ने अवस्था आउँदैन । यो अन्त्यमा राज्य कै चुनौती हो, राज्यले कसरी कति मुद्दा व्यवस्थापन गर्न सक्छ र कति शीघ्र मुद्दालाई निचोड मा पुर्याउँछ भन्ने आधारमा पनि यसलाई हेरिनु पर्छ । 



Comments

  1. Great. Also, give references/citations of your claim. This will help readers to navigate the issues in depth.

    ReplyDelete
  2. Thank you research citation vayea ajhaii Dami huntheyo 😍.keep it up

    ReplyDelete

Post a Comment

Popular posts from this blog

A New Paradigm : Redefining Consent and Deception in Rape.

विरोधाभास हरू